२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त

सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त

2.8K
Shares

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडविच मर्ज भएपछिको पहिलो सीईओमा पोखरेल नियुक्त भएका हुन् ।

सस्तै लघुवित्तमा ७ जना सञ्चालक पनि चयन भएका छन् । जसको अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका हुन् । त्यसैगरी संस्थापक समुहतर्फबाट सञ्चालकमा राजेस्वर अधिकरी, भुपेन्द्र गोपाल श्रेष्ठ, र पुष्पराम श्रेष्ठ नियुक्त भएका छन् । यसैगरी, सर्वसाधारणबाट नविन शर्मा र निर्मला नेपाल सञ्चालक बनेका छन् भने स्वतन्त्रबाट तिर्थरत्न कोनाजी सञ्चालक बनेका छन् ।

दुई लघुवित्त मर्ज भएर फागुन २४ गतेदेखि सामुदायिकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij