२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १३ अंकले बढ्यो

नेप्से १३ अंकले बढ्यो

2.1K
Shares

काठमाडौं – आज नेप्से १३.५१ अंकले बढेर २०३० को विन्दुमा कायम भएको छ । यस दिन तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । बिहीबार १० उपसूचकमा हरियाली छाउदा तीन उपसूचकमा भने रातो पोतिएको छ । आज म्युचुअल फण्ड, ट्रेडिङ र होटल तथा पर्यटन उपसूचक घटेको हो । त्यस्तै, नेप्सेमा सूचीकृत १७६ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ५९ कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ ।

पिपुल्स हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावरको ८.९७, मध्य भोटेकोशीको ६.०८, बुद्धभूमि नेपालको ५.९६ र हाथवे इन्भेष्टमेन्टको ५.६४ प्रतिशतले शेयरमूल्य बढेको छ । यता, एनआईसी एशिया ग्रोथ फण्ड–२ को ६.२१, साम्लिङ पावरको ५.०२, बोटलर्स नेपाल तराईको ४.३५, एनएमब–५० को ३.८८ र हिमालयन ८०–२० को ३.८५ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यसैगरी कारोबारतर्फ हेर्ने हो भने आज नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको १६ करोड ४१ लाख, सोनापुर मिनरल्सको १३ करोड ४१ लाख, मोलुङ हाइड्रोपावरको १३ करोड ३७ लाख र हाथवेको ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij