काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा पुगेर मन्त्री तामाङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्ने क्रममा उनले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
विस. २०२० मा नुवाकोट जिल्लाको पञ्चकन्यामा जन्मिएका तामाङ सोही क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । मध्यम वर्गीय निम्न वर्ग किसान परिवारमा जन्मिएका तामाङले २०३९ सालमा एसलएसी उत्तीर्ण गरेका छन् । एसएलसी दिएलगत्तै २०४० मा गाउँकै थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष अध्यापन गरेका तामाङ २०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij