काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक होटलको ४४ लाख २३ हजार ८६४ कित्ता शेयर थपिएको छ। नेप्सेमा सोल्टी होटेलको बोनस शेयर सूचीकृत भएको छ।
आर्थिक वर्ष २०७९/८० का लागि सोल्टी होटेलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ५ प्रतिशत बोनस शेयर र २६.५७८९ प्रतिशत नगद लाभांश थियो। सोही ५ प्रतिशत बोनस शेयर नेप्सेमा थपिएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij