२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरागाउँ र आरुघाटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १५५० भन्दा बढी व्यक्ति लाभान्वित

स्वरागाउँ र आरुघाटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १५५० भन्दा बढी व्यक्ति लाभान्वित

2K
Shares

काठमाडौं– गोरखा जिल्लाको स्वरागाउँ र आरुघाटमा हाम्रो स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा जर्मन विशेषज्ञ टोली, अरुचनौटे प्राथमिक स्वास्थ्य सेवा केन्द्र, आरुघाट– ९, आरुघाट गाऊपालिका, जिल्ला ३२५ एच, लायन्स क्लब काठमाडौं कर्मालय, लायन्स क्लब भक्तपुर स्वीट होम, लायन्स क्लब युबी ग्रुप, र कर्मालय फाउन्डेसनको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको कर्मालय फाउन्डेसनको अध्यक्ष भगवान कार्कीले जानकारी दिए ।

नि- शुल्क स्वास्थ्य शिविर १० दिनसम्म चलेको थियो। उक्त स्वास्थ्य शिविरम १५५० भन्दा बढी व्यक्तिलाई निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको थियो । विरामीको ओठमा हाँसो र आभार हाम्रो प्रयासको प्रतिफल भएको कार्कीले बताए ।

स्वास्थ्य शिविरमा आरूचनौटे प्राथमिक स्वास्थ्य सेवा केन्द्रका मुख्य डा.शेखर गुरुङ, र नगरपालिका तथा गाउँपालिका का प्रमुखले सबैलाई सहयोग र लाभ प्रदान गर्नका लागि धन्यवाद व्यक्त गरे । साथै टोलीका प्रत्येक सदस्यलाई समर्पण र कड़ा मेहनतका लागि प्रशंसापत्र प्रदान गरेका थिए ।

अध्यक्ष कार्कीले यस्ता स्वास्थ्य शिविर आगामी दिनहरुमा पनि देशका विभिन्न ठाउँमा जारी राख्ने प्रतिबद्धता जनाए । एक स्वस्थ र खुशी नेपाली समुदाय निर्माण गर्न हामी सक्षम हुँदै गएको पनि कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij