२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा चैत १६ गते

अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा चैत १६ गते

745
Shares
काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा चैत १६ गते  बोलाएको छ । सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, सर्वसाधरण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त रहेको पदमा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने एजेण्डा छ ।  कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij