काठमाडौं – सर्वोत्तम सिमेन्टको आइपीओ फागुन २४ गते बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार शुक्रबार फागुन २५ गते आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट फागुन २० गते सम्पन्न भएको छ ।
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मुल्यमा आइपीओ जारी गरेको हो ।
सर्वोत्तमको आइपीओ मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । आइपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij