काठमाडौ – त्रिदेशीय टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्ड्सविरूद्ध ६ विकेटको सानदार जित निकालेको छ। त्रिवि मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो।
नेपालका लागि कुशल मल्ल २ र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर नट आउट रहे। त्यसअघि कप्तान रोहित पौडेलले ४६ रनको योगदान गरे। १४.३ ओभरमा भिभियन किंग्माबाट आउट हुनुअघि उनले ३४ बलमा ३ चौका र एक छक्का प्रहार गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij