काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड्को मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार फागुन २५ गते शेयर बाँडफाँड गर्ने तयारी रहेको जानकारी दिएको छ ।। यसको प्री–अलोटमेन्ट फागुन २० गते सम्पन्न भएको छ ।
सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो ।
यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij