काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले ‘कुमारी सबल योजना’ को इकाई बुधबार बाँडफाँट गरेको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजनाको इकाई आज क्यापिटलले बाँडफाँड गरेको हो ।
क्यापिटलले माघ २८ देखि फागुन १३ गतेसम्म प्रति इकाई रु १० दरको दश करोड इकाई निष्काशन गरेको थियो । जसमध्ये १४ प्रतिशत अर्थात एक करोड चालिस लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई र १५ ले हुन आउने बिजपूँजी वापतको दश लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको थियो । बाँकी सार्वजनिक निष्काशन मार्फत रु ८ करोड ५० लाख इकाई निष्काशन तथा विक्री खुल्ला गरिएको थियो ।
क्यापिटलका अनुसार १४ प्रतिशत विजपूँजी वापतको १,४०,००,००० इकाई कोष प्रवद्र्धक कम्पनी र १ प्रतिशत बिजपूँजी वापतको १०,००,००० इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरिएको इकाईको लागि आवेदन दिने २९,१६० जना मध्ये रितपुर्वक आवेदन दिने २९,१३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ । दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन भने रद्द गरिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij