२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

965
Shares

विरगञ्ज – नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन् ।

दुर्गा भगवती गाउँपालिकाको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कार्डियोलोजी, कार्डियो–भास्कुलर, न्यूरो सर्जरी सम्बन्धी सेवाहरु दिइएको थियो । शिविरको गाउँपालिकाका प्रमुख शम्भु कुमार सिंहले उद्घाटन गरेका थिए । कलेजले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकोमा गाउँपालिका प्रमुख सिंहले प्रसंशा गरे ।

शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मुटु भल्व रोग, घुँडाको दुखाई जस्ता समस्याहरु पाइएको छ । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सक सहित नेशनल मेडिकल कलेजको स्वास्थ्य शिविर आएको थाहा पाएपछि उक्त पालिकाका गाउँगाउँबाट बिरामीहरु पुगेका थिए ।

नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. इशर्त जहान अन्सारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले समुदायमा केन्द्रीत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १५ सय जनाको इसिजी र ११ सयको इको गरिएको थियो ।

यस्तै, कलेजले फागुन १२ गते बारा जिल्लाको कोल्हवीमा प्रसुति तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ५ सयबढी महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा ५० वर्षदेखि ६५ वर्ष उमेर समुहका महिलाहरु बढी आएका थिए । उनीहरुलाई नेशनल मेडिकल कलेजको प्रसुति तथा स्त्री रोग विभागका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरबाट उक्त क्षेत्रका प्रसुति तथा स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरु बढी लाभान्वित भएका थिए । कलेजको स्वास्थ्य सेवालाई समुदाय स्तरसम्मै पुर्याउन समयसमयमा निःशुल्क स्वास्थ्य शिविर गर्ने गरिएको छ ।

२०५६ साल भदौ ३२ गतेदेखि औद्योगिक नगरी विरगञ्जमा सञ्चालनमा आएको नेशनल मेडिकल कलेजको अध्यक्षमा वरिष्ठ सर्जन प्रा.डा. जैनुद्दिन अन्सारी छन् । कलेजले मधेस प्रदेशका जनता र सिमावर्ती भारतीय क्षेत्रका लाखौं नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij