काठमाडौं – मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ को विन्दुमा बन्द भएको छ। यो दिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँमा किनेबच भएका छन्। ।
आज उच्च कारोबार भएका १० कम्पनीमा सोनापुर मिनरल्सः १४ करोड १९ लाख रुपैयाँ, शिवम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ, हिमालय रिइन्स्योरेन्सः ६ करोड ४० लाख रुपैयाँ, घोराही सिमेन्टः ५ करोड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः ३ करोड ५८ लाख रुपैयाँ, हिमालयन हाइड्रोपावरः ३ करोड ५६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सः ३ करोड ७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकः २ करोड ९४ लाख रुपैयाँ, सन नेपाल लाइफः २ करोड ९१ लाख रुपैयाँ, सगरमाथा जलविद्युतः २ करोड ८९ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij