२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

1.2K
Shares

काठमाडौं – न्यायपरिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको छ । अर्का जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ ।

आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । परिषदले  दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ। परिषद स्रोतका अनुसार दुवै जना लगायत अरु केही न्यायाधीशको हकमा जाँचबुझ समिति बनेको थियो, समितिको सिफारिस र थप छानबिनका आधारमा बर्खास्त गर्ने निर्णय भएको हो ।

साथै परिषद्ले अर्का एक न्यायाधीशको हकमा प्रशासनिक प्रकृतिको कारबाहीको सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij