२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणको लागि निष्काशन हुँदै

सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणको लागि निष्काशन हुँदै

3.9K
Shares

काठमाडौं- सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार फागुन १३ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मुल्यमा आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij