काठमाडौं – प्रभु बैंकको साढे ७ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकमा विभिन्न संस्थापक शेयरधनीहरुका लागि नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्ने छ। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
तोकिएको समयपछि संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij