काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज “क”, “ख”, “ग” वर्गका का बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समीक्षा सार्वजनिक गरिएका व्यवस्था कार्यान्वयनको लागि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो । नयाँ व्यवस्था अनुसार संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ । यो व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ ।
बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था हटाइएको छ ।
त्यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij