२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत

3.6K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड १९ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा घलेम्दी हाइड्रोपावरको हकप्रद शेयर र मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर गरी कुल १ करोड १९ लाख ६४ हजार २५१.३६५ कित्ता शेयर थपिएको छ। जसमा घलेम्दी हाइड्रोपावरको १ करोड १० लाख कित्ता हकप्रद शेयर र मितेरी डेभलपमेन्ट बैंकको ९ लाख ६४ हजार २५२.३६५ कित्ता बोनस शेयर छन्।

घलेम्दी हाइड्रोपावरले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापुँजीको ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij