२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

1.1K
Shares

काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत माघमा देशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको हो । अमहीबेल्हा, गञ्जभवानीपुर, लक्ष्मीनिया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझण्डी, लम्कीचुहा र पाटन शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको संस्थाले जानकारी दिएको छ ।

साक्षरता कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्थामा आबद्ध सदस्य तथा गैरसदस्य सहभागी भएको बताइएको छ । दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवासम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरीका, कर्जाको सदुपयोग गर्ने तरीका, व्यवसाय व्यवस्थापनलगायत विषय कार्यक्रममा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij