काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आज (फागुन ७ गते) देखि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । अर्थात् चैत ११ गतेसम्म आवेदन दिन मिल्नेछ ।
यसमा न्यूनतम ३१५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।