काठमाडौं – कुमारी बैंकको ३ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकमा विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।
शेयर खरिदका लागि आवेदन दिन बैंकले ३५ दिनको म्याद दिएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij