२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई कम्पनीले आइपीओ निष्कासनका लागि बोर्डमा दिए आवेदन

दुई कम्पनीले आइपीओ निष्कासनका लागि बोर्डमा दिए आवेदन

2K
Shares

काठमाडौं–  नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आइपीओ निष्कासनका लागि आवेदन दिएका छन्  । हिम रिभ पावर लिमिटेडले र पियोर इनर्जी लिमिटेडले धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएका हुन्।

हिम रिभरले १३ करोड ३० लाख रुपैयाँ र पियोर इनर्जीले १६ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा हिम रिभरले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ३० हजार कित्ता र पियोर इनर्जीले १६ लाख कित्ता आइपीओ ल्याउनेछन्।

आइपीओ बिक्री प्रबन्धकमा हिम रिभरको सिद्धार्थ क्यापिटल र पियोर इनर्जीको नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij