काठमाडौं चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारमा शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५६ अकंले घटेर २०७०.५९ बिन्दुमा बन्द भएको छ । मंगलबार ३०५ कम्पनीको १ करोड ३१ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूह १.०९ प्रतिशत, विकास बैंक समूह २.४० प्रतिशत फाइनान्स समूह २.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः ३२ कोड ५० लाख रुपैयाँ, सोनापुर मिनरल्सः ११ करोड ९२ लाख रुपैयाँ, सानिमा मिडिल तमोरः १० करोड ६ लाख रुपैयाँ, सगरमाथा जलविद्युतः ९ करोड ३१ लाख रुपैयाँ,जोशी हाइड्रोपावरः ८ करोड ६६ लाख रुपैयाँ, सुपर मादी हाइड्रोपावरः ७ करोड ८७ लाख रुपैयाँ, एनआईसी एशिया बैंकः ७ करोड ७४ लाख रुपैयाँ, शिवम सिमेन्टः ७ करोड ५८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ९ लाख रुपैयाँ, युनियन हाइड्रोपावरः ६ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij