२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब संस्थागत निक्षेपकर्ताले एक प्रतिशत बढी ब्याज पाउने

अब संस्थागत निक्षेपकर्ताले एक प्रतिशत बढी ब्याज पाउने

1.5K
Shares

काठमाडौं – अब संस्थागत निक्षेपकर्ताहरूले अहिलेको भन्दा एक प्रतिशत बढी ब्याजदर पाउने भएका छन्। हालसम्म बैंकहरूले संस्थागत निक्षेपकर्तालाई दिने ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई दिनेभन्दा दुई प्रतिशत कम हुनुपर्ने व्यवस्था छ।

अब भने बैंकहरूले मुद्दती निक्षेपमा भन्दा एक प्रतिशत मात्रै कम ब्याज दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो। अहिले मुद्दती निक्षेपको ब्याजदर घट्दो क्रममा छ। सोमबार बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार अधिकतम ८.५ प्रतिशतसम्म छ। केहीको ७ प्रतिशत हाराहारीसम्म छ।

यस्तोमा संस्थागत निक्षेपकर्ताहरूले ५ प्रतिशतसम्म मात्र ब्याजदर पाउने अवस्था समेत बनेको छ। यही कारण राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत निक्षेपबीचको ब्याज अन्तर केही घटाएको हो।

बीमा कम्पनी, नागरिक लगानी कोष, सैनिक कोष, कर्मचारी सञ्चय कोष लगायतले संस्थागत निक्षेप राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij