२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फागुन १ गते सार्वजनिक विदा छैन : गृह मन्त्रालय

फागुन १ गते सार्वजनिक विदा छैन : गृह मन्त्रालय

1.2K
Shares
Singha Durbar administrative court

काठमाडौं–  गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक विदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिए ।

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते विदा कायम नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij