२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजिनामा सञ्चालक समितिद्धारा अस्वीकृत

एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजिनामा सञ्चालक समितिद्धारा अस्वीकृत

2.1K
Shares

काठमाडौं – पछिल्लो समय विवादित बनेको एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ।

पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए । बैंकोको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको एक संचलकले बताएका छन् ।

पछिल्लो समय एनआईसी एशिया बैङ्कका रणनीतिहरू असफल हुन थालेपछि बैङ्कको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैङ्कले राष्ट्र बैङ्क र सञ्चालक समितिलाई झुक्काएर गलत वित्तीय प्रतिवेदन तयार गरेपछि व्यवस्थापन र सञ्चालक समितिबिच विवाद बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले पनि नियामयकी व्यवस्थाहरूमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैङ्कलाई कारबाही गर्ने तयारी गरेको छ ।

२०७५ मंसिरदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij