काठमाडौं साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा बढोत्तरी आएको छ । दिनभरी उतार–चडाब आएको बजार अन्तिममा दोहोरो अकंले बढेको हो ।
निरन्तर रुपमा तीन दिनसम्म ओरालो लागेको शेयरबजारको यात्रामा ब्रेक लागेर आज बजार बढोत्तरी भएको छ । उक्त दिन बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ । आज ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ९ उपसूचकमा सुधार देखिएको छ । सोमबार बैंकिङ समूहको ०.१४ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशतले सेयर मूल्य बढेको हो ।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः १८ करोड ५९ लाख रुपैयाँ, ङादी ग्रुप पावरः १५ करोड ४६ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ८ करोड २३ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सः ५ करोड ९९ लाख रुपैयाँ, रिडी पावरः ५ करोड ५५ लाख रुपैयाँ, शिवम सिमेन्टः ४ करोड ६७ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ४ करोड ६१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक शेयरः ४ करोड २४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड २० लाख रुपैयाँ, रिभर फल्स पावरः ३ करोड ५२ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij