२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड इदी मर्दीको लाभांश घोषणा

युनाइटेड इदी मर्दीको लाभांश घोषणा

970
Shares

काठमाडौं – युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ।

कम्पनीले माघ १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij