काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० को विन्दुमा झरेको छ।
आज शेयर बजारमा १०४ कम्पनीको शेयर मुल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटाको स्थिर रहेको छ। यो दिन ३ अर्ब २१ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। आज ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच भएका छन् ।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः ३३ करोड ५८ लाख रुपैयाँ, एसियन लाइफः १२ करोड ९८ लाख रुपैयाँ,
निफ्राः १२ करोड ३ लाख रुपैयाँ, ङाडी ग्रुप पावरः ११ करोड ८८ लाख रुपैयाँ, रिडी पावरः ११ करोड २ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ७ करोड ४ लाख रुपैयाँ, शिवम सिमेन्टः ५ करोड ९३ लाख रुपैयाँ, अरुण काबेली पावरः ५ करोड ८७ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ५ करोड ४२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीः ५ करोड २६ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij