काठमाडौं – राइड सेयरिङ सेवालाई सरकारले उद्योगको मान्यता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै राइड सेयरिङ सेवालाई मान्यता दिएको हो । सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची–८ मा उद्योगको रुपमा राइड सेयरिङ सेवा समावेश गरेको हो । सरकारले सेवामूलक उद्योगको रुपमा मान्यता दिएको राजपत्रमा उल्लेख छ । यसअघि राइड सेयरिङ सेवालाई सरकारले उद्योगको मान्यता दिएको थिएन । तर, अब भने उद्योग दर्ता गरी सहजै सञ्चालन गर्न सक्ने बाटो खुला भएको छ ।
राइड सेयरिङ सम्बन्धि उपयुक्त नियमनको व्यवस्था अझै बनिसकेको छैन। प्रादेशिक कानूनमा सम्बोधन गर्न खोजिएपनि संघीय सरकारको कानूमा भने अहिलेसम्म व्यवस्था रहेको छैन।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij