ठमाडौं – कामना सेवा विकास बैंकको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन अनुसार यो बैंकमा ०.५ प्रतिशतभन्दा शेयर स्वामित्व रहेका २५ व्यक्ति तथा संस्था छन्। बैंकका ठूला शेयरधनीमा सबैभन्दा बढी शेयर स्वामित्व तुलासा पाण्डे रहेको छन्। बैंकमा उनको २.४३ प्रतिशत (७ लाख ९८ हजार ४०६ कित्ता) शेयर स्वामित्व रहेको छ।
बैंकमा सीता आचार्यको १.७६ प्रतिशत (५ लाख ७६ हजार ८५७ कित्ता), श्रीराम पाण्डेको १.३९ प्रतिशत (४ लाख ५४ हजार ५३८ कित्ता), सीताराम उप्रेतीको १.३७ प्रतिशत (४ लाख ४८ हजार ८४ कित्ता), मदन खनालको १.०८ प्रतिशत (३ लाख ५५ हजार ७५१ कित्ता) र कमलराज उदय १.०२ प्रतिशत (३ लाख ३६ हजार ५ कित्ता) शेयर स्वामित्व रहेको छ।
यसैगरी बैंक रामप्रसाद पोखरेलको ०.९५ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट ०.९४ प्रतिशत, रविबहादुर थापाको ०.९३ प्रतिशत, चक्रपानि बास्तोलाको ०.८२ प्रतिशत, भीमप्रसाद तुलाचनको ०.८२ प्रतिशत, देवानसिंह थापाको ०.८० प्रतिशत, बाबुराम पन्तको ०.७९ प्रतिशत, भीमराज अधिकारीको ०.७६ प्रतिशत, प्रकाश क्षेत्रीको ०.७४ प्रतिशत, गणेशबहादुर श्रेष्ठको ०.७३ प्रतिशत, ओमकार गौचनको ०.७२ प्रतिशत, जनार्दनदेव पन्तको ०.६९ प्रतिशत, रामकुमार अमात्यको ०.६६ प्रतिशत र भरतराज कोइरालाको ०.६१ प्रतिशत शेयर हिस्सा रहेको छ।
बैंकमा गौ माता इन्भेस्टमेन्ट कम्पनीको ०.५६ प्रतिशत, दीपक खरेलको ०.५४ प्रतिशत, राजेन्द्रनिधि कोइरालाको ०.५४ प्रतिशत, क्यालिबर इन्भेस्टमेन्ट कम्पनीको ०.५२ प्रतिशत र भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत शेयर स्वामित्व रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij