२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महानगरभित्रका पेट्रोल पम्पमा एकरूपताको लागि पहेँलो रङ्ग लगाइने

महानगरभित्रका पेट्रोल पम्पमा एकरूपताको लागि पहेँलो रङ्ग लगाइने

1K
Shares

काठमाडौं – काठमाडौं महानगरभित्रका पेट्रोल पम्पमा पहेँलो रङ लगाइने भएको छ । काठमाडौं महानगरपालिका र सरोकारवालाहरूबीच बिहीबार बसेको बैठकले एकरुपताका लागि सबै पेट्रोल पम्पमा पहेँलो रङ लगाउने निर्णय गरेको हो ।

यस्तै, पेट्रोल पम्पमा खटिने नोजलमेन (फायर फाइटर)ले अनिवार्य खैरो रङको पीपीई लगाउनुपर्ने निर्णय भएको छ । पेट्रोल पम्पहरूले सेवाग्राहीलाई अनिवार्य रूपमा निःशुल्क शैचालयको व्यवस्था पनि गर्नुपर्नेछ । निःशुल्क शौचालयबारे पम्पले बोर्ड राखेर जानकारी गराउनुपर्ने बैठकको निर्णय छ ।

पम्पमा कार्यरत कर्मचारीलाई महानगरले नै अग्नि नियन्त्रक तालिम दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij