क्यानेडियन स्टडी सेन्टरले उच्च शिक्षाको लागि क्यानडा गएका दुई विद्याथीलाइ आर्थिक छात्रवृत्ति प्रदान गरेको छ। सेनेका कलेजमा अध्यनरत उमेश राज पाण्डे र ज्वती सुवाल यो छात्रवृत्ति पाएका हुन्।
दुईलाई क्यानेडियन स्टडी सेन्टरले एक-एक लाख नेपाली रुपैया सहयोग गरेको हो। पहिलो चरणमा उच्च शिक्षाको क्रममा आर्थिक समस्या परेका ५ विद्याथीलाई क्यानेडियन स्टडी सेन्टरले सहयोग गर्ने छ। उक्त घोसणाअनुरुप पहिलो चरणमा दुई विद्याथीले आर्थिक सहयोग पाएका हुन्। आफ्नो विद्याथी संघर्ष जीवनमा सहयोग गरेको भन्दै पाण्डे र सुवालले क्यानेडियन स्टडी सेन्टरलाई धन्यवाद व्यक्त गरेका छन् ।
क्यानेडियन स्टडी सेन्टर मैतिदेबी, नयाँ बानेस्वर, कमलादी , बागबजार ,चितवन ,बुटुवल,इटहरी ,कुमारीपाटी र क्यानाडामा रहेको छ। क्यानेडियन स्टडी सेन्टर नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत भएकाले यो विश्वसनीय संस्था हो । यो संस्था विशेषतः क्यानडाको मात्र काम गर्छ। लामो समय देखि क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुलाइ परामर्श दिदै आएको क्यानेडियन स्टडी सेन्टर क्यानडा अध्यनको लागि विद्याथीमाझ पहिलो रोजाईमा पर्ने कन्सल्टेन्सी हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij