काठमाडौं- क्यानाडाको इतिहासमै पहिलो पटक भव्यता साथ मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ।
महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानाडामै पहिलोपटक क्यानडामा बस्दै आएका बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न भएको हो। क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा सम्पन्न प्रतियोगितामा सृष्टि श्रेष्ठ मिसेस नेपाल क्यानडाको ताज चुम्न सफल भएकी छिन्। प्रतियोगिताको अन्तिम प्रस्पिर्धाका उत्कृष्ट ६ लाई सोधिएको संसारमा केको कमी छ भन्ने निर्णायक प्रश्नमा आजको संसारमा अरुको भावना र अनुभवलाई महशुस गर्ने क्षमताको कमी छ। हामी एक अर्काको अन्तरसम्बन्ध नै विभाजित हुँदै गरेको संसारमा बस्छौं। हिजोआज जहाँ समझदारी र करुणा धेरै पछाडी छ। समानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझन र स्वीकार गर्न, महसुस गर्न सकोस् भन्ने सटिक जवाफ दिँदै सृष्टीले प्रमूख उपाधिको ताज चुमेकी थिइन्। उनले प्रमूख उपाधिका साथमा सिमेस फ्रेन्डसीपको उपउपाधिलाई पनि आप्mनो बनाएकी छन्।
क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्ने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फस्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनर्सअप भएका छन्। क्यानडावासी खचाखच नेपालीले भरिएको हलमा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा येमी कर्माचार्य ट्यालेन्टेट र श्याम लिम्बु पब्लिक च्वाईस अवार्ड विजेता भए।
नमुना फेसन कलेजले तयार पारेको सुन्दर डिजाइनर पोसाकमा सजिएर ¥याम्पमा प्रस्तुत भएका सुन्दरीहरुलाई कार्यक्रमका सहभागीहरुले भव्य ताली र हुटिङबाट स्वागत र प्रोत्साहित गरेका थिए। नेपालका लागि क्यानडाकी कार्यबाहाक राजदुत रोजिना तम्राकारको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा.संगिता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहेका थिए।
कार्यक्रममा महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विबाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तिकरण, आत्मविश्वास अभिवृद्धी र अन्र्तनिहित प्रतिभा प्रदर्शन गर्नका लागि मिसेस नेपाल क्यानडाको शुरुवात गरिएको बताइन्। त्यस्तै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आप्mनो संस्थाको अन्तराष्ट्रिय प्रतियोगिताको थालनी भएको बताइन्। उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij