काठमाडौं – आज मंगलबार शेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ । लगातार तेस्रो दिन आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर २,११९ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ३०८ वटा कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij