काठमाडौं आइतबार नेप्से परिसूचक आज १०.३७ अंकले बढेर २०९४.४६ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा १७३ कम्पनीको शेयर मुल्य बढेको छ भने ७० वटाको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज बजारमा ३ अर्ब ८३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन इन्स्योरेन्सः ३३ करोड ५३ लाख रुपैयाँ, ङादी ग्रुप पावरः २३ करोड ५३ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः १७ करोड ३४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपवारः १४ करोड ३४ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः १३ करोड २७ लाख रुपैयाँ,
एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ३१ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ७ करोड ७७ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः ७ करोड ७२ लाख रुपैयाँ,
चन्द्रागिरी हिल्सः ७ करोड ६ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij