२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिला लघुवित्तको लक इन पिरियड फागुन १३ गते सकिँदै

महिला लघुवित्तको लक इन पिरियड फागुन १३ गते सकिँदै

1.2K
Shares

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लि.को संस्थापक सेयरको लक इन पिरियड फागुन १३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको लघुवित्तले जनाएको छ ।

संस्थापक समूहको ६ लाख कित्ता र कर्मचारी समूहको ५ हजार कित्ता गरी कूल ६ लाख ५ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको लघुवित्तको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ ।

लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि सूचीकृत कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij