२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्फोडेभलपर्सको सहकारी एपबाट टपअप गर्दा टीभी

इन्फोडेभलपर्सको सहकारी एपबाट टपअप गर्दा टीभी

765
Shares

काठमाडौं – इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ एपको नयाँ योजनाअन्तर्गत स्मार्ट टीभी र आकर्षक उपहार जित्ने सकिने अफर ल्याएको छ ।
योजनाअन्तर्गत सहकारी तथा लघुवित्तका सदस्यले आफ्नो सहकारी तथा लघुवित्तको मोबाइल बैंकिङ एपमार्फत एनटीसी वा एनसेल दुवै नम्बरमा टपअफ गर्दा टीभी र अरू उपहार जित्न सक्नेछन् ।

ग्राहकले उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टीभी, नोइज ब्रान्डको इयरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट–ब्यान्ड्स जित्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना आउँदो चैत ३१ गते सकिनेछ । इन्फोडेभलपर्स र एमडबली मोबाइल बैंकिङको फेसबुक पेजमार्फत विजेताको घोषणा गरिने कम्पनीले जानकारी गराएको छ ।
सहकारी तथा लघुवित्तका सदस्यले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने अफरको लक्ष्य रहेको इन्फोडेभलपर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij