२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुवा खोला–वान हाइड्रोपावरकाे वार्षिक साधारण सभा फागुन ३ मा

पुवा खोला–वान हाइड्रोपावरकाे वार्षिक साधारण सभा फागुन ३ मा

750
Shares

काठमाडौं – पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन ३ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौं अनामगरस्थित युनियन हाउस प्रालिमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।

banner ads
सभाले आईपीओ निष्कासनका लागि विक्री गरिने शेयर र संस्थापक शेयरको अनुपातलाई संशोधन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ । आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यी प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय पनि सभाले टुङ्ग्याउनेछ । नयाँ परियोजना लगानी गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij