काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनमा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ।
संस्थाको सञ्चालक समितिको माघ १० गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको हो। गत पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशतले हुन आउने ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांशसहितको वित्तीय विवरण संस्थाले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको थियो। तर, राष्ट्र बैंकले माघ ८ गते पत्र पठाउँदै वित्तीय विवरण संशोधन गरी पुनः पेस गर्न संस्थालाई निर्देशन दिएको थियो।
सोही निर्देशनबमोजिम संस्थाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गरेको हो। अब संस्थाले सो आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने छैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij