२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुवा खोला-वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

पुवा खोला-वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

1.4K
Shares

काठमाडौं – पुवा खोला-वान हाइड्रोपावर लि.ले आईपीओ निष्काशन गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त नियुक्ति सम्बन्धी सम्झौता-पत्रमा पुवा खोला-वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । पुवा खोला-वान हाइड्रोको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij