२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त

किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त

900
Shares

काठमाडौं -किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल खड्का नियुक्त भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) खड्कालाई निमित्त सीईओ पदमा नियुक्त गरेको हो ।

यसअघि उक्त पदमा पर्वतकुमार कार्की थिए । उनलाई सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै कार्कीले लघुवित्तबाट राजीनामा दिएका हुन् ।

नवनियुक्त सीईओ खड्काले माघ ४ गतेदेखि नै लागू हुने गरी निमित्त सीईआको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij