काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव २४ अंकले घटेर २,१५५ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । बिहीबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.८५ प्रतिशत, दोर्दी खोला जलविद्युतको ८.४६ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ८.४४ प्रशितले सेयर मूल्य वृद्धि भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij