काठमाडौं -सारिका घिमिरेको स्वरमा रहेको गीत ‘मायालु’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, सङ्गीत, सविन लिम्बुको एरेञ्ज र पवन रानाभाट्टको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रवि कार्कीको निर्देशन रहेको गीतको भिडियोमा सारिका आफैँ फिचर्ड हुनुहुन्छ ।
ज्ञानकुमार कट्टेलको छायाँकन रहेको भिडियोमा दिपिन बस्नेतको सम्पादन छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij