२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा क्यापिटलले ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा योजना

गरिमा क्यापिटलले ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा योजना

1.2K
Shares

काठमाण्डौ – गरिमा क्यापिटल लिमिटेडले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ। उक्त योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिंदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ।

कम्पनीले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिने बताएको छ । कम्पनीले यो सेवा माघ १ गतेदेखि माघ मसान्तसम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको बताएको छ। साथै,यो योजना उपभोग गर्न न्यूनतम लगानी रकम वा सेयर १० लाखको हुनुपर्ने छ। यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्फत् वा सामाजिक सञ्जालबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

उक्त कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा ९ तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ। गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij