२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस वल्र्ड २०२४ मा भागलिन पृथ्वीया थापा अमेरिका प्रस्थान

मिसेस वल्र्ड २०२४ मा भागलिन पृथ्वीया थापा अमेरिका प्रस्थान

900
Shares

काठमाडौं – मिसेस वल्र्ड नेपाल २०२३ पृथ्वीया थापा बिबाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिकातर्फ लागेकी छन्।
पृथ्वीया आईतवारदेखि आगामी शुक्रवारसम्म अमेरिकाको लसभेगासमा हुने मिसेस वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न शनिबार राती अमेरिकातर्फ लागेकी हुन्। उनलाई मिसेस वल्र्ड नेपालको आयोजक संस्थाको समूहले त्रिभुवन विमानास्थलमा पुगेर विदाई गरेको थियो।
यसअघि मिसेस वल्र्ड नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले शुक्रबार राजधानीको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा पत्रकार सम्मेलन गरी पृथ्वीयालाई सफलताको शुभकामना दिँदै बिदाई गरेको थियो।
पृथ्वीयाले यस वर्षको ‘मिसेस वल्र्ड २०२४ का लागि आफूले भरपुर तयारी गरेको बताइन्। ‘त्यहाँ नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले पत्रकारहरुसँग कुराकानी गर्दै भनिन्, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु।’
पृथ्वीयाले विश्वका ५७ देशका विवाहित सुन्दरीको सहभागिता रहने प्रतियोगिताको नेसनल कष्ट्युम राउण्डमा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना प्रदर्शन गर्नेछिन्। उनले नेपालको हस्तकलाको सामाग्री, काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताइन्। पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन्।
मिसेस वल्र्ड नेपालका नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको बबताए। आयोजनक रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत पृथ्वीयालाई भोटिङमा सहयोग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij