२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग संगठन मोरङका पदाधिकारीले गरे जिल्ला पुगेर अन्तर्क्रिया

उद्योग संगठन मोरङका पदाधिकारीले गरे जिल्ला पुगेर अन्तर्क्रिया

480
Shares

विराटनगर – उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरूसँग आपसी सम्बन्ध विस्तार र द्विपक्षीय व्यावसायिक विकासको नयाँ सम्भावना पहिल्याउन दुईदिने चेम्बर भ्रमण सम्पन्न गरेको छ ।

भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरू र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विभिन्न जिल्लामा शुक्रबार र शनिबार भएको भ्रमण कार्यक्रममा आर्थिक एवं औद्योगिक क्रियाकलापहरू सुस्ताएको वर्तमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रका साझा समस्याहरूको पहिचानमा जोड दिइएको थियो । समस्या समाधानका लागि सामूहिक पहल गर्नका साथै व्यावसायिक अन्तरसम्बन्धको विकासका लागि बीटूबी बैठक आयोजना गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।

उद्योग वाणिज्य संघहरूका साथ सम्पन्न अन्तरक्रियामा अध्यक्षले सुरानाले व्यावसायिक हितका लागि स्थापित संस्थाहरूबीचको सुमधुर सम्बन्धले संस्थागत सुदृढीकरण र व्यावसायिक हितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

सुन्दरहरैँचा, इटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रधिनिधिहरूका साथ भएको बेग्लाबेग्लै अन्तरक्रियामा व्यवसायीहरूले उधारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव पारेको भन्दै यो समस्या समाधानाका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखेका थिए ।

आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका लागि निरन्तर बहस तथा पैरवी गर्दै आएको उद्योग संगठन मोरङको पहलमा भएको भ्रमणले द्विपक्षीय व्यवसायीक हितका विभिन्न आयाम, एक आपसको क्षेत्रमा नया सम्भावनाको खोजीका साथै आआफना उत्पादनको बजार प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संगठनले विश्वास लिएको छ । भ्रमण प्रतिनिधिमण्डलमा संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, कोषाध्यक्ष सुवोध कोइराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, राजन खत्री, प्रतिभा रिजाल ओली, जयन्द्र शर्मा, सन्तोष भगत, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, दिपक अग्रवाल, विरेन्द्र राठी, महिला उद्यमी सोमी भगत चौलागाई, सावित्रा ढकाल, प्रतिभा पौडेल निरौला, युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रञ्जित भगत र रविन कट्टेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij