काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिज लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा शनिवार सेक्युरिटिजको कार्यालय परिसर कुपण्डोलमा कम्पनीको संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको संचालक समितिमा चार जना संचालकहरु रामधन श्रेष्ठ,सप्तमान बज्राचार्य, सिजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij