२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

1.2K
Shares

काठमाडौं -प्रभु बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७ प्रतिशत, व्यक्तिगततर्फ ८ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij