२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंंकको बाईसौं वार्षिक साधारणसभा सम्पन्न

महालक्ष्मी विकास बैंंकको बाईसौं वार्षिक साधारणसभा सम्पन्न

905
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।

यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता व्यक्त गरेका छन् । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएका सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij