२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको २०औं वार्षिक साधारण सभा सम्पन्न

अपि पावरको २०औं वार्षिक साधारण सभा सम्पन्न

1.2K
Shares

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शुक्रबार बानेश्वर ब्याङ्क्वेट थापागाउँमा सम्पन्न २०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका प्रबन्धक निर्देशक संजिव न्यौपानेले अर्को वर्ष सेयरधनीलाई डबल डिजिटमा लाभांश दिने बताएका छन् ।

अपि पावर कम्पनी जलविद्युत कम्पनीहरूमा सवल र अम्बल कम्पनी भएकोले भोलिका दिनमा नयाँ नयाँ आयोजना निर्माण गरी सेयरधनीलाई धेरैभन्दा धेरै लाभांश दिने कम्पनीका रूपमा स्थापित गर्न कर्मचारी र व्यवस्थापन लागि परेको निर्देशक न्यौपानेले सभामा सेयरधनीलाई बताए ।

सभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ । त्यसै गरी लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरू र आर्थिक वर्ष २०८०/८१का लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक पनि निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij